प्रति मिनेट गोल गर्ने क्षमतामा मेस्सी अगाडि
काठमाडौँ । फिफा विश्वकप नकआउट चरणमा प्रवेशसँगै गोल्डेन बुटको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ ।
फ्रान्सका केलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेस्सी समान ६–६ गोलसहित शीर्ष स्थानमा छन् । तर गोल गर्ने प्रभावकारिताको हिसाबले भने ३९ वर्षीय मेस्सी सबैभन्दा अगाडि देखिएका छन् ।
एम्बाप्पेले ६ गोल गर्न ३७८ मिनेट मैदानमा बिताएका छन् भने मेस्सीले केवल २२३ मिनेटमै समान ६ गोल गरेका छन् । यसको अर्थ मेस्सीले औसत प्रत्येक ३७.२ मिनेटमा एक गोल गरेका छन्, जबकि एम्बाप्पेको औसत ६३ मिनेटमा एक गोल रहेको छ । साथै एम्बाप्पेले दुई असिस्ट पनि गरेका छन् भने मेस्सीको नाममा हालसम्म कुनै असिस्ट छैन ।
गोल्डेन बुटको दौडमा नर्वेका इर्लिङ हालान्ड र इंग्ल्यान्डका ह्यारी केन समान ५–५ गोलसहित पछ्याइरहेका छन् । हालान्डले ३०९ मिनेटमा पाँच गोल गर्दै औसत ६१.८ मिनेटमा एक गोल गरेका छन् भने केनले ३८७ मिनेटमा पाँच गोल गर्दै ७७.४ मिनेटमा एक गोलको दर कायम गरेका छन् ।
फ्रान्सका उस्मान डेम्बेलेले ४ गोल र २ असिस्ट गर्दै आफ्नो टोलीको आक्रमणलाई प्रभावकारी बनाएका छन् ।
गोल्डेन बुटका शीर्ष दाबेदारका प्रति गोल औसत समय

उनले ३०४ मिनेटमा चार गोल गर्दै औसत ७६ मिनेटमा एक गोल गरेका छन् । यस्तै ब्राजिलका भिनिसियस जुनियर ले ४ गोल र १ असिस्ट गरेका छन् । उनले ३९८ मिनेट खेल्दै औसत ९९.५ मिनेटमा एक गोल गरेका छन् ।
तीन गोल गरेका खेलाडीमध्ये जर्मनीका डेनिज उदाभ सबैभन्दा प्रभावकारी देखिएका छन् । उनले केवल १७४ मिनेट खेल्दै तीन गोल र दुई असिस्ट गरेका छन्, अर्थात् औसत ५८ मिनेटमा एक गोल गरेका छन् । स्विट्जरल्यान्डका जोहान मान्जाम्बीले त झन् १४६ मिनेटमै तीन गोल गरेका छन्, जसको औसत ४८.७ मिनेटमा एक गोल हुन्छ । यद्यपि उनले कम खेल खेलेकाले कुल गोल संख्यामा शीर्ष स्थानमा छैनन् ।
नकआउट चरणका खेलहरू अझै बाँकी रहेकाले गोल्डेन बुटको प्रतिस्पर्धा खुला नै छ । एम्बाप्पे र मेस्सी समान गोलसहित शीर्ष स्थानमा रहे पनि, प्रति मिनेट गोल गर्ने क्षमताका आधारमा मेस्सी सबैभन्दा प्रभावकारी गोलकर्ता बनेका छन् । यता एम्बाप्पेले गोलसँगै दुई असिस्ट पनि गरेका कारण उनी टोलीका लागि समग्र आक्रमणमा महत्वपूर्ण योगदान दिने खेलाडीका रूपमा देखिएका छन् ।
विश्वकप अन्त्यसम्म यी दुवै सुपरस्टारबीचको प्रतिस्पर्धाले गोल्डेन बुटको होडलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
-
कास्की बन्यो पूर्ण खोप सुनिश्चितता जिल्ला घाेषणा
-
बागमतीको डिजिटल पीआईएस पोर्टल हस्तान्तरण, ६ हजार ८७१ कर्मचारी लाभान्वित हुने
-
‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण