देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
सारांश
- देशभर मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बादल लागेको छ।
- आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्य बादल र तराई भूभागमा आंशिक बादल लाग्नेछ, साथै केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
- राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ । बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागको थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने, कोशी, मधेस र बागमती प्रदेशमा साधरणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशका पहाडी भूभागका केही, तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा 'असारे खर्च' : २० दिनमै ३ अर्ब ३२ करोड
-
माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन् : प्रचण्ड
-
पानी पर्न थालेपछि डेङ्गुको जोखिम बढ्यो
-
सामुदायिक विद्युतीकरणः योगदानको सम्मान र भविष्यको जिम्मेवारी
-
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल
-
हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण