सरकारका सय दिन
विस्थापित ४६५ परिवारलाई राहत रकम प्रदान, १५ हजार जनालाई रोजगारी
शनिबार, २० असार २०८३, १६ : ४८
काठमाडौँ । सरकारले सय दिनमा १५ हजार जनाले रोजगारी पाएको जानकारी दिएकाे छ । सरकार गठन भएको सय दिन पुगेको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहबाट छनौट भएका १७ हजार श्रमिकमध्ये हालसम्म १५ हजार जनाले न्यूनतम रोजगारी पाएको बताए ।
सरकार गठनको यस अवधिमा एक सय २३ प्रतिष्ठान र एक लाख ३६ हजार ५७५ योगदानकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको जानकारी समेत उनले दिए । सरकारले काठमाडौँका विभिन्न सुकुमबासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ ।
यस्तै, त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदामा गएका चार सय जना प्राध्यापकहरूबाट १३ करोड २३ लाख रुपैयाँ राजस्व फिर्ता गर्न सफल भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण