क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
सारांश
- फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत क्यानडा र मोरक्कोबीचको खेल ह्युस्टन स्टेडियममा शनिबार राति १०ः४५ बजे सुरु हुँदै छ ।
- सह–आयोजक क्यानाडाले यसअघि दक्षिण अफ्रिकालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
- मोरक्कोले रोमाञ्चक खेलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै यहाँसम्मको यात्रा तय गरेको हो ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) अन्तर्गत क्यानडा र मोरक्कोबीचको महत्त्वपूर्ण खेल ह्युस्टन स्टेडियममा शनिबार राति १०ः४५ बजे सुरु भएकाे छ । दुवै टोली यस खेलमा जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।
सह–आयोजक क्यानाडाका लागि यो विश्वकप यात्रा निकै ऐतिहासिक र गौरवपूर्ण बनेको छ । यसअघि खेलिएको ‘राउन्ड अफ ३२’ को खेलमा दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले पराजित गर्दै क्यानडाले अन्तिम १६ को यात्रा तय गरेको हो । यस २०२६ को संस्करणअघि क्यानडाको पुरुष फुटबल टोलीले विश्वकपको इतिहासमा कहिल्यै कुनै पनि खेल जित्न सकेको थिएन, न त कुनै अंक नै जोड्न सकेको थियो । जारी प्रतियोगितामा टोलीको यस उत्कृष्ट प्रदर्शनले क्यानडाको फुटबल इतिहासमा नयाँ कीर्तिमान रचेको छ ।
अर्कोतर्फ, मोरक्कोले आफ्नो ‘राउन्ड अफ ३२’ को रोमाञ्चक खेलमा बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्सलाई स्तब्ध पार्दै यहाँसम्मको यात्रा तय गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको उक्त खेलको पेनाल्टी सुटआउटमा मोरक्को विजयी भएको थियो ।
ह्युस्टन रंगशालामा जारी प्रतिस्पर्धात्मक खेलको विजेताले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण