शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग

शनिबार, २० असार २०८३, २२ : २२
शनिबार, २० असार २०८३

सारांश

  • नेपाल रेडियोलोजिष्ट एसोसिएसनले दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पूर्ण पालना गर्न माग गरेको छ ।
  • नेपाल मेडिकल काउन्सिल ऐन, प्रचलित कानुन तथा निर्धारित मापदण्डअनुसार दर्ता प्राप्त चिकित्सकहरूले मात्र आधुनिक चिकित्सा तथा रेडियोलोजी सम्बन्धी सेवा प्रदान गर्न पाउने एसोसिएसनले जनाएको छ ।
  • योग्यता, तालिम तथा कानुनी अनुमति बिना रेडियोलोजी सेवा प्रदान गर्ने गतिविधिले बिरामीको स्वास्थ्य र सुरक्षामाथि गम्भीर जोखिम सिर्जना गर्ने एसोसिएसनले उल्लेख गरेको छ ।

काठमाडौँ । नेपाल रेडियोलोजिष्ट एसोसिएसनले दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पूर्ण पालना गर्न माग गरेको छ ।

एसोसियसनका अध्यक्ष डा.तेजेन्द्र कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपाल मेडिकल काउन्सिल ऐन, प्रचलित कानुन तथा निर्धारित मापदण्डअनुसार दर्ता प्राप्त चिकित्सकहरूले मात्र आधुनिक चिकित्सा तथा रेडियोलोजी सम्बन्धी सेवा प्रदान गर्न पाउने उल्लेख छ ।

यस कानुनी व्यवस्थाको पूर्ण पालना गर्दै गैरकानुनी चिकित्सकीय अभ्यास विरुद्धको अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको समयको प्रमुख आवश्यकता भएको बताएको छ । 

विशेष गरी रेडियोलोजी तथा इमेजिङ सेवा जस्ता अत्यन्त संवेदनशील क्षेत्रमा आवश्यक योग्यता, तालिम तथा कानुनी अनुमति बिना सेवा प्रदान गर्ने, चिकित्सकीय प्रतिवेदन तयार गर्ने वा बिरामीलाई भ्रमित पार्ने गतिविधिहरूले बिरामीको स्वास्थ्य र सुरक्षामाथि गम्भीर जोखिम सिर्जना गर्ने उल्लेख गरिएको छ।

732853365_2162102051021968_1220892584093566831_n (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप