आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता

शनिबार, २० असार २०८३, २३ : ४१
शनिबार, २० असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत क्यानाडा र मोरक्कोबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
  • ह्युस्टन रंगशालामा जारी खेलमा दुवै टोलीले पहिलो हाफमा खाता खोल्न सकेनन् ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत क्यानडा र मोरक्कोबिच ह्युस्टन रंगशालामा जारी रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

खेलको सुरुवाती ४५ मिनेटमा दुवै टोलीले गोलका केही अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । 

पहिलो हाफमा मोरक्को रक्षात्मक रूपमा केही दबाबमा देखिएको छ। पहिलो हाफको खेल नसकिँदै मोरक्कोका बिलाल एल खानौस र अज्जेदिन औनाहीसहित चार जना खेलाडीहरूले पहेंलो कार्ड पाइसकेका छन् ।  दबाबमा परेको मोरक्कोका लागि अब दोस्रो हाफ थप चुनौतीपूर्ण हुन सक्ने देखिन्छ । 

विजेता टोलीले विश्वकपको क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप