पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
सारांश
- पोर्चुगलको उत्तरी जङ्गलमा डढेलो फैलिएको छ।
- आगो नियन्त्रण गर्न एक हजारभन्दा बढी दमकलकर्मी खटिएका छन्।
- डढेलोले १० हजार हेक्टर जङ्गल जलाएको छ र ९ जना घाइते भएका छन्।
काठमाडौँ । पोर्चुगलको उत्तरी भागमा फैलिएको जङ्गलको आगो नियन्त्रण गर्न शनिबार एक हजारभन्दा बढी दमकलकर्मीलाई तैनाथ गरिएको छ ।
देश अत्यधिक गर्मीको सामना गरिरहेको समय जङ्गलको ठुलो क्षेत्रमा डढेलो फैलिँदा तापक्रम बढ्ने जोखिम थप बढेको छ ।
केही ठाउँमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमानका बिच बुधबार भिसेउ जिल्लामा सुरु भएको यो आगोले अहिलेसम्म १० हजार (२५ हजार एकड) क्षेत्र जलाएको उद्धारमा तैनाथ अधिकारीले बताएका छन् ।
जङ्गली आगो नियन्त्रण गर्न एक हजार १०० दमकलकर्मी, ३८० वटा दमकल गाडी र आठ वटा विमान तथा हेलिकोप्टरले सहयोग गरिरहेका छन्।
डढेलो नियन्त्रण गर्न पोर्चुगलले युरोपेली सहयोग मागेपछि स्पेनको सैन्य टोलीले पनि डढेलो निभाउन सहयोग गरिरहेको छ ।
डढेलोमा परी अहिलेसम्म ९ जना घाइते भएका छन्, जसमध्ये दुई सर्वसाधारणको अवस्था गम्भीर छ।
सुरक्षाका लागि सरकारले जङ्गल क्षेत्रमा प्रवेश निषेध गर्नु र ग्रामीण क्षेत्रमा केही प्रकारका मेसिनरी प्रयोगमा प्रतिबन्ध लगाउनुजस्ता विशेष उपायहरू अपनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण