सरकारले संकलन गर्यो ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरी
काठमाडौँ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सरकारी अभियान अन्तर्गत सम्पत्ति छानबिन आयोगले हालसम्म ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरीहरू संकलन गरेको छ ।
२०६२/६३ देखि २०८२/८३ सम्मको अवधिमा सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूलाई लक्षित गरी सरकारले यो छानबिन प्रक्रिया अघि बढाएको हो ।
मन्त्रिपरिषद्को निर्णयबाट गठित आयोगले संकलन गरेका ती विवरण र उजुरीहरूको हाल अभिलेखीकरण, वर्गीकरण र प्रारम्भिक विश्लेषणको काम गरिरहेको छ ।
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा दोषीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाहीका लागि सिफारिस गर्ने म्यान्डेट आयोगलाई दिइएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको एक सय दिनको उपलब्धि सार्वजनिक गर्ने क्रममा सरकारले यसलाई भ्रष्टाचार विरुद्धको महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण