त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययन बिदामा गएर तोकिएको समयमा काममा नफर्कने प्राध्यापकहरूमाथि सरकारले कारबाही गरेको छ ।
सरकारले सार्वजनिक गरेको १०० दिने उपलब्धिप्रतिवेदनअनुसार, यसरी समयमै नफर्कने ४ सय जना प्राध्यापकहरूबाट कारबाहीस्वरुप १३ करोड २६ लाख रुपैयाँ राजस्व फिर्ता लिइएको छ ।
अध्ययन बिदाको दुरुपयोग गर्ने र राज्यको स्रोत लिएर पनि समयमा जिम्मेवारीमा नफर्कने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले यो कदम चालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
जसअनुसार यस कारबाहीले जिम्मेवार पदमा रहेका पदाधिकारीहरूको गैरजिम्मेवार प्रवृत्तिलाई नियन्त्रण गर्दै राज्यकोषमा ठुलो रकम फिर्ता ल्याउन सफल भएको छ । सार्वजनिक खर्चको बचत र मितव्ययिता अपनाउने सरकारी नीतिअनुसार त्रिविका प्राध्यापकहरूमाथि यो ऐतिहासिक कारबाही गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण