परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
कासाइ । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआर कङ्गो)को मध्य क्षेत्रमा राज्यस्तरीय परीक्षा दिएर घर फर्किरहेका विद्यार्थीहरू बोकेको काठको डुङ्गा डुब्दा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार उक्त डुङ्गा शुक्रबार कासाइ प्रान्तमा पर्ने सान्कुरु र कासाइ नदीको सङ्गम क्षेत्रमा प्रवेश गर्ने क्रममा डुबेको हो ।
मध्य अफ्रिकी मुलुक डिआर कङ्गोमा डुङ्गा दुर्घटना बारम्बार हुने गरेका छन् । रातिको यात्रा, अत्यधिक यात्रु बोकिने प्रवृत्ति, कमजोर सुरक्षा मापदण्ड तथा दुर्गम क्षेत्रमा पर्याप्त पूर्वाधारको अभावका कारण पछिल्ला वर्षहरूमा सयौँ मानिसले ज्यान गुमाएका छन् ।
कासाइ प्रान्तको इलेबो क्षेत्रका प्रशासक फ्राँस्वा काबुलाले दुर्घटनापछि ८० जनाको उद्धार गरिएको र २० जनाको शव फेला परेको जानकारी दिए । तर डुङ्गा डुबेको प्रत्यक्ष देखेका चिकुडी जाँले एपी समाचार संस्थासँग कुरा गर्दै डुङ्गामा २०० भन्दा बढी यात्रु सवार रहेको दाबी गरे ।
इलेबो नागरिक समाज सङ्गठनका अध्यक्ष फ्राँस्वा मालेपोले डुङ्गा सञ्चालकहरूको लापरबाहीको कडा आलोचना गर्दै भने, ‘डिआर कङ्गोका डुङ्गा सञ्चालकहरू पैसामात्र कमाउन चाहन्छन्, उनीहरूलाई मानिसको जीवनको कुनै चिन्ता छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
-
ब्राजिल भर्सेस नर्वे : अन्तिम १६ मा भिनिसियस र हालान्डको भिडन्त
-
डोल्पाको बाढीमा परेर गम्भीर घाइते भएका विकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो
-
ई–पेन्सनमा कर्मचारीहरूको आकर्षण, अहिलेसम्म ५१७ जनाले दिए आवेदन
-
लगातार ३४ खेलमा अपराजित मोरक्को : किन मानिन्छ विश्वकपको बलियो दाबेदार ?
-
आगामी मौद्रिक नीति अर्थतन्त्रलाई स्थिर बनाउने गरी आउनुपर्छ : पूर्वगभर्नर क्षेत्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण