सरकारले विधि र प्रक्रियाभन्दा कानुन विपरीतका काम गर्न लाग्यो : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुन विपरीतका काम गर्न उद्धत रहेको बताएका छन् । सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो सुरु भएको समीक्षात्मक कार्यक्रममा सभापति थापाले शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको बताए ।
‘विधि र प्रक्रिया केही होइन, परिणाम दिन्छु भनेर सरकार हिँडिरहेको छ,’ थापाले भने, ‘यस्तो अभ्यास हामीले विगतमा पनि देखेको हो, नेकपाको सरकार भन्दा अहिलेको सरकार फरक देखिएन ।’
उनले यस विषयमा सुकुमबासी बस्ती उठाउने विषयलाई उदाहरण दिए । कानुन बनाएर भूमिहीनको समस्या समाधान गर्न सकिने भए पनि सामाजिक सञ्जालमा वाहवाही पाउन पहिला घर भत्काइदिएको थापाले बताए ।
थापाले शाह नेतृत्वको रास्वपाको एकल सरकार नागरिकको जीवन (लाइफ) भन्दा सामाजिक सञ्जालको लाइक (लोकप्रियता) मा लाग्दा समस्यामा परेको बताए । ‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ, त्यसैमा लागेको छ। भूमिहीनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक चाहिँ आउँदैनथ्यो, त्यसैले सुकुमबासी बस्तीमा डोजर चलाइयो। सञ्जालमा चर्चा भयो ।’
सभापति थापाले बालुवाटारबाट भन्दा सिंहदरबारबाट शासन गरेको भन्दै उनले प्रधानमन्त्री शाहको प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
-
बागरमा खानेपानीको समस्या
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण