पदभार ग्रहण गर्दै त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला
सारांश
- त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.भोला थापाले पदभार ग्रहण गरेका छन् ।
- पदभार ग्रहण गर्दै उपकुलपति थापाले सबैको समन्वय र सहकार्यबाट आफू अघि बढ्ने बताए ।
- उनले आफूले उच्च शिक्षाको सुरुवात यही विश्वविद्यालयबाट गरेको भन्दै विश्वविद्यालयलाई उत्कृष्ट बनाउन लागिपर्ने बताए ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.भोला थापाले पदभार ग्रहण गरेका छन् । नवनियुक्त उपकुलपति प्रा.डा.थापाले आज सोमबार त्रिवि उपकुलपति कार्यालयमा नै पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उपकुलपति थापाले सबैको समन्वय र सहकार्यबाट आफू अघि बढ्ने बताए थापाले भने, ‘जुन विश्वासले मलाई सरकारले यहाँ पठाएको छ । सबैसँगको समन्वय र सहकार्यबाट म अघि बढ्नेछु । तपाईंहरूले राम्रो गरिरहनुभएको छ । ’
उनले आफूले उच्च शिक्षाको सुरुवात यही विश्वविद्यालयबाट गरेको भन्दै विश्वविद्यालयलाई उत्कृष्ट बनाउन लागिपर्ने बताए । प्रा.डा.थापाले भने, ‘यहाँहरूले मलाई कहिल्यै पनि बाहिरबाट आएको नसम्झिदिनुहोला । उच्च शिक्षाको सुरुवात त्रिविबाटै गरेको हुँ । सेवाको क्रममा काठमाडौँ विश्वविद्यालयमा आबद्ध भए । देशको उच्च शिक्षाको मुख्य जिम्मेवारी त्रिविलाई छ । तपाईंहरुसँगै म पनि जिम्मेवारी लिन आएको छु । हाम्रो प्रतिस्पर्धा यहाँ भएका विश्वविद्यालयसँग होइन । संसारसँग गर्नुपर्छ ।’
उनीसँग काठमाडौँ विश्वविद्यालयको उपकुलपति भएर पनि जिम्मेवारी सम्हालेको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार बस्ने
-
टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’, विगतमा को–को भए बदनाम ?
-
‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि’ स्थगन गर्न इप्पानको माग
-
कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय पुग्यो
-
राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी
-
युक्रेनी ड्रोन रोक्न स्टारलिङ्क सिग्नल अवरुद्ध गर्ने रूसी प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण