रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको चौथो संशोधन विधानमार्फत परिवारवाद र नातावादलाई पार्टीको सबै तहमा पूर्ण रूपमा निषेध गरेको छ ।
- विधानको धारा ७(१) अनुसार, एकै परिवारका एकभन्दा बढी सदस्य पार्टीका कुनै पनि तहको समिति, विभाग, आयोग वा संयन्त्रमा नियुक्ति, मनोनयन वा निर्वाचनमा सहभागी हुन पाउने छैनन् ।
- विधानमा 'परिवार' भन्नाले पति, पत्नी, बाबु, आमा, सौतेनी आमाबुवा, छोराछोरी, दाजुभाइ, दिदीबहिनी, नातिनातिना, बाजेबज्यै, ठुलोबुवा, ठुलीआमा, काकाकाकी, फुपू, मामा, जेठान, जेठानी, जेठीसासू, देवर, नन्द, सालासाली र उनीहरूका पति वा पत्नीसमेतलाई परिभाषित गरिएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परिवारवाद र नातावादलाई पूर्ण निषेध गरेको छ । असार(७–१२) सम्म चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनले अनुमोदन गरेको चौथो संशोधन विधानले परिवारवाद र नातावादलाई पार्टीको सबै तहमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन बन्देज लगाएको हो ।
विधानको धारा ७(१) मा परिवारवाद र नातावाद परिभाषित गरिएको छ । ‘पार्टीमा एकै परिवारका एक जनाभन्दा बढी सदस्य पार्टीको कुनै कुनै समान तहको समिति, विभाग, आयोग वा संयन्त्रमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन पाउने छैन’, विधानमा भनिएको छ ।
विधान अनुसार ‘परिवार’ भन्नाले पति, पत्नी, बाबु, आमा, सौतनी बुवा, सौतनी आमा, छोरा, छोरी, दाजु-भाइ, दिदी-बहिनी, नाति,नातिनी,बाजे,बज्यै,ठुलो बुवा, ठुली आमा, काका, काकी, फुपू, मामा, जेठान, जेठानी, जेठी सासू, देवर, नन्द, साला, साली र निजका पति वा पत्नी समेतलाई जनाउने उल्लेख ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५०० नाघ्यो
-
लेखा समितिमा उपसमिति गठनको विवाद, सहमति बिना बैठक स्थगित
-
चीनको गान्सुमा पहिरो, कम्तीमा १६ जना पुरिए
-
सम्मानजनक पुनःस्थापनाको माग गर्दै होल्डिङ सेन्टरका सुकुमबासीले सरकारको गराए ध्यानाकर्षण
-
गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे
-
लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण