मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
अपडेट

मौद्रिक नीतिको मस्यौदा तयार, आजै सार्वजनिक गर्ने तयारी

मङ्गलबार, २३ असार २०८३, १० : २६
मङ्गलबार, २३ असार २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको मस्यौदा तयार पारेको छ।
  • मस्यौदा व्यवस्थापनबाट पारित भएपछि सञ्चालक समितिबाट पारित गरी आजै वा भोलि बिहानसम्म सार्वजनिक गर्ने तयारी छ।
  • चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । आर्थिक अनुसन्धान विभाग तयार पारेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको मस्यौदा तयार गरेसँगै उक्त नीति सार्वजनिक गर्ने तयारी थालिएको हो । 

यसका लागि राष्ट्र बैंकले व्यवस्थापनको बैठक बोलाएको छ । विभागबाट आएको मौद्रिक नीति व्यवस्थापनबाट पारित भएपछि सञ्चालक समिति बैठक बोलाइने र त्यसबाट पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको गभर्नर कार्यालयले जनाएको छ । 

‘हाम्रो तयारी आजै सार्वजनिक गर्ने भन्ने हो, नभए भोलि बिहानसम्म हुनसक्छ,’ गभर्नर कार्यालयका एक कर्मचारी भन्छन् ।

राष्ट्र बैंककी सहप्रवक्ता सुधा श्रेष्ठ पनि मौद्रिक नीतिबारे छलफल गर्न बैठक बोलाइएको बताउँछिन् र यद्यपि बैठकबाट पास भएपछि मात्रै कहिले सार्वजनिक हुन्छ भन्ने निश्चित हुने उनको भनाइ छ । 

चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप