केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
सारांश
- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने दाबी गरेकी छन् ।
- उनले उद्योगको मर्मतका लागि अर्थ मन्त्रालयबाट ३३ लाख रुपैयाँ बजेट निकासा भई काम भइरहेको र केही महिनामा उद्योग सञ्चालनमा आउने विश्वास दिलाइन् ।
- मन्त्री कुमारीले सरकारले व्यापार घाटा न्यूनीकरण गर्न प्राथमिकता दिएको र नेपाल-अमेरिका व्यापार सम्झौता अन्तर्गत ड्युटी फ्री सुविधा अवधि थप गर्न अमेरिकी सरकारलाई अनुरोध गरिएको पनि बताइन् ।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने दाबी गरेकी छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएकी हुन् ।
मन्त्री कुमारीले उद्योगको मर्मतका लागि अर्थ मन्त्रालयबाट ३३ लाख रुपैयाँ बजेट निकासा भई काम भइरहेको पनि स्पष्ट पारिन् । सरकारले उक्त उद्योगलाई अघि बढाउने काममा विशेष ध्यान दिएको उनको भनाइ थियो ।
सदनमा जवाफ दिने क्रममा मन्त्री कुमारीले भनिन्, ‘हेटौँडा कपडा उद्योगका लागि ३३ लाख बजेट निकासाको लागि अर्थ मन्त्रालयमा लेखी पठाएको थिएँ, जुन निकासा भइसकेको छ र उद्योगमा गइसकेको छ । त्यहाँको मर्मत कार्य पनि अगाडि बढिसकेको छ । केही महिनामा नै त्यो उद्योग सञ्चालनमा आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु । व्यापार घाटा न्यूनीकरण गर्न सरकारले योजना बनाई प्राथमिकताका साथ कार्यान्वयन गरिराखेको तथा नेपाल–अमेरिका बिचको व्यापार सम्झौता अन्तर्गत ड्युटी फ्री र कोटा फ्री सुविधाको अवधि समाप्त भइसकेकोमा थप गर्नका लागि अमेरिकी सरकारलाई अनुरोध गरिएको ब्यहोरा निवेदन गर्दछु ।’
मन्त्री कुमारीले सरकारले देशको व्यापार घाटा न्यूनीकरण गर्दै लैजानका लागि विशेष प्राथमिकताका साथ काम गरिरहेको समेत उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण