मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री

मङ्गलबार, २३ असार २०८३, १४ : ०५
मङ्गलबार, २३ असार २०८३

सारांश

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशिल रहेको बताएकी छन् ।
  • मन्त्री यादवले अन्तर-मन्त्रालय र अन्तर-तह समन्वयलाई प्रभावकारी बनाउँदै निजी क्षेत्रको मनोबल उच्च राख्ने र उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि मन्त्रालय क्रियाशील रहने बताएकी हुन् ।
  • उनले विगतका आन्दोलनका कारण बन्द भएका उद्योग व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन छुट, सुविधा तथा सहुलियतको व्यवस्था ल्याइने जानकारी दिइन् ।

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशिल रहेको बताएकी छन् । 

मंगलबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बिनियोजित विधेयकमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री कुमारीले अन्तर–मन्त्रालय र अन्तर–तह समन्वयलाई प्रभावकारी बनाउँदै निजी क्षेत्रको मनोबल उच्च राख्ने र उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि मन्त्रालय क्रियाशील रहने बताएकी हुन् ।  सरकारका विभिन्न मन्त्रालयहरूबीच समन्वय र अन्तर–सम्बन्ध कायम गरी सहज उत्पादन, लगानी तथा व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने उनो भनाइ छ ।

उनले  ’लगानी संरक्षण तथा प्रवद्र्धन रणनीति’ तर्जुमा गरी नेपाल सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत हुने चरणमा रहेको जानकारी दिनइन् । 

यस रणनीतिले निजी सम्पत्तिको संरक्षण, लगानी संरक्षण र उद्योग प्रतिष्ठानहरूलाई ’शान्ति क्षेत्र’ का रूपमा स्थापित गर्ने उद्देश्य राखेको उनको भनाइ छ । 

त्यस्तै उनले विगतका आन्दोलनका क्रममा भएका क्षतिका कारण बन्द तथा रुग्ण हुन पुगेका उद्योग व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन विभिन्न छुट, सुविधा तथा सहुलियतको व्यवस्था ल्याइने जनइन् । 

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि कार्यदल गठन भई प्रतिवेदन तयारीको काम भइरहेको उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप