भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
सारांश
- काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि असार २९ गतेको मिति तोकेको छ ।
- न्यायाधीश तेज बहादुर खड्काको इजलासले दोषी ठहर भएकाहरूलाई कति वर्ष कैद र कति जरिवाना हुने भन्ने विषयमा सोही दिन अन्तिम निर्णय गर्ने आदेश दिएको हो ।
- यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई मुख्य कसूरदार ठहरिएका छन् ।
काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसूरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आगामी असार २९ गतेको मिति तोकेको छ ।
न्यायाधीश तेज बहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाउँदै दोषी ठहर भएकाहरूलाई कति वर्ष कैद र कति जरिवाना हुने भन्ने विषयमा सोही दिन अन्तिम निर्णय गर्ने आदेश दिएको हो ।
फौजदारी कार्यविधि अनुसार गम्भीर प्रकृतिका मुद्दामा कसूर ठहर भइसकेपछि सजाय निर्धारणका लागि छुट्टै पेसी तोक्नुपर्ने कानुनी प्रावधानबमोजिम अदालतले असार २९ गतेको समय तोकेको हो ।
यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई मुख्य कसूरदार ठहरिएका छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजालसहितका व्यक्तिहरू मतियारका रूपमा दोषी ठहर भएका छन् ।
अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादीका कानुन व्यवसायीहरूलाई समेत सोही मितिको जानकारी दिई सजाय पूर्वको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको छ । असार २९ गतेको सुनुवाइपछि रायमाझी, खाँण र पाण्डेसहित अभियुक्तहरूले भुक्तान गर्नुपर्ने कैद अवधि र जरिवानाको अन्तिम टुङ्गो लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
-
कक्षा १–५ सम्म आन्तरिक परीक्षा स्थगन सरकारको कार्यसूचीमा मात्रै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण