बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने

बुधबार, २४ असार २०८३, १२ : १७
बुधबार, २४ असार २०८३

सारांश

  • कलाकार शारदा गिरीलाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ १५ हजार रुपैयाँ राशि सहित प्रदान गरिने भएको छ ।
  • यसैगरी, निर्देशक एवं कलाकार विश्वदीप घिमिरेलाई पनि सोही पुरस्कार प्रदान गरिनेछ ।
  • सञ्चारकर्मी कृष्ण भट्टराई, अभिनेता आर्यन सिग्देल, आशान्त शर्मा, कलाकार सरोज ओली, ललितकला कलाकार देवेन्द्र थुम्केली, छायाकार वीरेन्द्र प्रसाद भट्ट र गीत–संगीत पत्रकारितामा सक्रिय सविता पोखरेललाई पनि विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिनेछ ।

काठमाडौँ । नेपाली चलचित्र र टेलिचलचित्र क्षेत्रमा विगत चार दशकभन्दा बढी समयदेखि निरन्तर अभिनय यात्रामा सक्रिय कलाकार शारदा गिरीलाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यिक तथा सांस्कृतिक संस्था ‘परिवर्तन नेपाल’का अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले गिरीको लामो कला यात्रा र योगदानको उच्च कदर गर्दै सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि १५ हजार रुपैयाँ छ ।

कलाकार गिरीसँगै विगत अढाई दशकभन्दा बढी समयदेखि रङ्गमञ्च, चलचित्र र टेलिचलचित्रको निर्देशन तथा अभिनयमा सक्रिय रहँदै आएका निर्देशक एवं कलाकार विश्वदीप घिमिरेलाई पनि सोही पुरस्कार प्रदान गरिनेछ । पुरस्कार छनोट समितिमा शान्ति प्रिय, सुन्दर श्रेष्ठ र माधव खरेल रहेका छन् । बैठकले अन्य पुरस्कार तथा सम्मानको पनि घोषणा गरेको छ । जसअन्तर्गत सञ्चारकर्मी कृष्ण भट्टराईलाई ‘चेतन कार्की स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ ।

त्यसैगरी, परिवर्तन नेपालसँग आबद्ध रही कला यात्रा सुरु गरेका लोकप्रिय अभिनेता आर्यन सिग्देल, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली र ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई ‘परिवर्तनकर्मी विशेष सम्मान’ प्रदान गरिने भएको छ। साथै, प्राविधिकहरूको व्यावसायिक हकहितमा कार्यरत छायाकार वीरेन्द्र प्रसाद भट्ट र गीत–संगीत पत्रकारिता तथा पुरस्कार आयोजनामा सक्रिय सविता पोखरेललाई पनि ‘परिवर्तन विशेष सम्मान’ प्रदान गर्ने निर्णय गरिएको संस्थाका महासचिव देवेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घोषित पुरस्कार तथा सम्मानहरू आगामी श्रावण महिनाको तेस्रो साता एक विशेष कार्यक्रमको आयोजना गरी अर्पण गरिने संस्थाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप