रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी खेलाडी रेखा पौडेल कम्बोडियाको व्यावसायिक फुटबल क्लब प्नोम पेन्ह क्राउन एफसीको महिला टोलीमा आबद्ध भएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू प्नोम पेन्ह क्राउन एफसीमा आधिकारिक रूपमा आबद्ध भएको जानकारी गराएकी हुन्।
यस अवसरका लागि आभार प्रकट गर्दै उनले आगामी दिनका चुनौतीहरूका लागि आफू उत्साहित रहेको र मेहनतको यात्रा निरन्तर जारी रहने बताएकी छन्।
रेखा आबद्ध भएको प्नोम पेन्ह क्राउन फुटबल क्लब (पीपीसी) कम्बोडियाको राजधानी प्नोम पेन्हको खान रुसे केओ, साङ्कात टुल साङ्के २ मा अवस्थित एक प्रतिष्ठित व्यावसायिक फुटबल क्लब हो। ‘रेड सिङ्गा’ उपनामले चिनिने यो क्लब कम्बोडियाको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता कम्बोडियन प्रिमियर लिग खेल्ने गर्दछ।
सन् २००१ मा स्मार्ट युनाइटेड फुटबल क्लबको रूपमा स्थापना भएको यो टोली कम्बोडियाकै सबैभन्दा सफल र प्रमुख टोलीहरूमध्ये एक मानिन्छ। यस क्लबले कम्बोडियन फुटबल इतिहासमै सबैभन्दा बढी अर्थात् कीर्तिमानी आठ पटक लिग उपाधि जितिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण