१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
सारांश
- पाँचथरमा वडा अध्यक्ष देउ कुमार आङदेम्बे कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन्।
- वडा अध्यक्षकै घरमा काम गर्ने १५ वर्षीय किशोर टठेनहाङ आङदेम्बेको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
- घटनाबारे अनुसन्धानका लागि वडा अध्यक्ष आङदेम्बेलाई सात दिनको म्याद थप गरिएको छ।
पाँचथर । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष देउ कुमार आङदेम्बे कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन्।
वडा अध्यक्ष आङदेम्बेकै घरमा काम गर्दै आएका सोही स्थानका अन्दाजी १५ वर्षीय किशोर टठेनहाङ आङदेम्बेको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
वि.सं. २०८१ साल असार १४ गते ती किशोर नाक र मुखबाट रगत बगेको अवस्थामा आफू सुतेकै ठाउँमा मृत फेला परेका थिए। घटनालगत्तै मृतकका बुवा खेमबहादुर आङदेम्बेले २०८१ साल असार १४ गते नै जिल्ला प्रहरी कार्यालय पाँचथरमा ज्यान सम्बन्धी कसुरमा लिखित जाहेरी दिएका थिए।
सोही प्रकरणलाई लिएर पछि २०८३ साल असार ८ गते मृतककी आमा लालकुमारी चेम्जोङले पनि वडा अध्यक्ष देउ कुमार आङदेम्बेविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन्। आमाको किटानी जाहेरी परेपछि जिल्ला अदालत पाँचथर, फिदिमबाट २०८३ साल असार १० गते उनलाई पक्राउ गर्न अनुमति जारी भएको थियो।
अदालतको अनुमति पश्चात जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको विशेष टोलीले २०८३ साल असार २३ गते फिदिम नगरपालिका वडा नं. ४ स्थित फिदिम बजारबाट आङदेम्बेलाई पक्राउ गरेको हो।
पक्राउ परेका वडा अध्यक्ष आङदेम्बेलाई जिल्ला अदालत पाँचथरमा उपस्थित गराएर अनुसन्धानका लागि सात दिनको म्याद थप अनुमति लिइएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण