संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
सारांश
- नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले सार्वजनिक यातायातका बसको रङ निलो बनाउने सरकारी निर्णयको आलोचना गरेकी छन् ।
- सांसद कामीले बसको रङ परिवर्तनले नभई कानुनको प्रभावकारी कार्यान्वयनले महिला सुरक्षा सुनिश्चित हुने बताइन् ।
- उनले जनताको कर रङ परिवर्तनमा नभई वास्तविक सुरक्षा, कडा कानुनको कार्यान्वयन र आधारभूत सेवामा खर्च हुनुपर्ने माग गरिन् ।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले महिला सुरक्षाका लागि सार्वजनिक यातायातका बसको रङ निलो बनाउने सरकारको निर्णयप्रति व्यङ्ग्य गरेकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद कामीले सुरक्षा रङले होइन, कानुनको प्रभावकारी कार्यान्वयनले हुने बताइन् । कामीले सरकारको यो कदमलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिइन् ।
कामीले भनिन्, ‘महिलाको सुरक्षा बसको रङले सुनिश्चित हुन्छ कि कानुनको प्रभावकारी कार्यान्वयनले ? यदि बसको रङ परिवर्तन गरेर मात्रै सुरक्षा हुने भए समाजमा हुने अपराधहरू धेरै पहिले नै अन्त्य भइसक्थे।’
उनले महिलालाई छुट्टै रङको बसभन्दा पनि हरेक सार्वजनिक स्थल र क्षेत्रमा सम्मान, समता र सुरक्षा चाहिएको बताइन् । ‘जनताले तिरेको कर रङ परिवर्तनमा होइन, वास्तविक सुरक्षा, कडा कानुनको कार्यान्वयन र आधारभूत सेवामा खर्च गरिनुपर्छ,’ कामीले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण