एक महिनामा ७६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
बुधबार, २४ असार २०८३, १४ : ०३
काबुल । गत जुन महिनामा करिब ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ ।
अफगान सरकारका उप प्रवक्ता हमदुल्ला फितरतले एक महिनामा ७६ हजार १८१ जना अफगान नागरिकहरु स्वदेश फर्केको बताएका हुन् । उनका अनुसार उनीहरुले अत्यावश्यक सामाग्री खाद्यान्न राशन, पिउने पानी, चिकित्सा सेवाहरू, प्राप्त गरी उनीहरूको आफ्नै गृह प्रान्तमा गइसकेका छन् ।
काबुलमा मङ्गलबार भएको उच्चस्तरीय बैठकमा प्रशासनिक मामिला तथा उपप्रधानमन्त्री मावलवी अब्दुल सलाम हनाफीले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) का वरिष्ठ अधिकारीहरू समक्ष सन् २०२१ अगस्ट पछि ८० लाख भन्दा बढी शरणार्थीहरू अफगानिस्तान फर्केको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार बस्ने
-
टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’, विगतमा को–को भए बदनाम ?
-
‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि’ स्थगन गर्न इप्पानको माग
-
कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय पुग्यो
-
राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी
-
युक्रेनी ड्रोन रोक्न स्टारलिङ्क सिग्नल अवरुद्ध गर्ने रूसी प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण