बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

मन्त्री यादव  र राजदूत बासबिच भेटवार्ता

बुधबार, २४ असार २०८३, १७ : ५०
बुधबार, २४ असार २०८३

सारांश

  • युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबिच द्विपक्षीय भेटवार्ता भएको छ।
  • भेटमा इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न स्वास्थ्य जाँच र भाषा परीक्षाको विषयमा छलफल भएको छ।
  • मन्त्री यादव र राजदूत बासले श्रमिकका समस्या समाधान गर्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव  र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबिच द्विपक्षीय भेटवार्ता भएको छ। उनीहरूबिच मन्त्री यादवको कार्यकक्षमा आज भेटवार्ता भएको हो ।  

भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखा परेका समस्या समाधान गर्न छलफल भएको छ ।  भेटमा इजरायल जान इच्छुक श्रमिकलाई केन्द्रित गरेर स्वास्थ्य जाँच र भाषा परीक्षाको विषयमा छलफल भएको हो।

छलफलमा मन्त्री यादव र राजदूत एरी बासले निरन्तर द्विपक्षीय भेटवार्ता गर्दै श्रमिकका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप