मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
काठमाडौँ । स्वामी आनन्द अरुणले भारतको हरिद्वारमा आयोजित मुरारी बापुको नौ दिने राम कथाको अन्तिम दिन उपस्थिति जनाएका छन्।
सो अवसरमा स्वामी आनन्द अरुणले आफ्नो नयाँ पुस्तक ‘द साइलेन्स द आन्सर्स’ लोकार्पण गर्दै बापुलाई प्रेम र सम्मानको प्रतीक स्वरूप उपहार दिएका थिए।
कार्यक्रममा बोल्दै स्वामी आनन्द अरुणले विभिन्न देशहरूमा राम कथाको प्रचारप्रसार गर्न मुरारी बापुले पुर्याएको योगदानको प्रशंसा गरे। उनले मुरारी बापुले कुनै हिचकिचाहट बिना मञ्चबाट निर्भिकताका साथ रजनीश (ओशो) को नाम लिएर आफ्नो भक्ति भाव प्रकट गरेकोमा विशेष आभार समेत प्रकट गरे।
सोही क्रममा स्वामी आनन्द अरुणले बापुलाई नेपालको जनकपुरमा निर्माणाधीन राम जानकी रजनीश आश्रमको निर्माण कार्य सम्पन्न भएपछि भ्रमणका लागि निमन्त्रणा दिएका थिए। मुरारी बापुले पनि आफ्नो राम कथामा उपस्थित भई कार्यक्रमलाई आशीर्वाद दिएकोमा स्वामी आनन्द अरुणलाई धन्यवाद व्यक्त गरे। उनले स्वामी आनन्द अरुणको नयाँ पुस्तकका लागि बधाई दिँदै विगतमा पुना, जबलपुर र नेपालमा भएका स्वामीजीका राम कथाहरू स्मरण गरेको बताए। कार्यक्रमको समापनको अवसरमा मुरारी बापुले स्वामी आनन्द अरुणलाई मञ्चमा आमन्त्रण गरी आरती सत्रमा सहभागी गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण