फिल्म ‘आशा’ निर्माण घोषणा, मुख्य भूमिकामा महेश र अञ्जना
सारांश
- फिल्म ‘आशा’ निर्माण हुने भएको छ र यसको घोषणा काठमाडौँमा एक कार्यक्रमबीच गरिएको छ ।
- यो फिल्म उडान स्टुडियोको लगानीमा बन्नेछ र यसको निर्देशन राजीव गुरुङले गर्नेछन् ।
- कार्यक्रममा अग्रज प्राविधिक कमल मिश्रलाई नगद राशिसहित सम्मान गरियो ।
काठमाडौँ । फिल्म ‘आशा’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच फिल्म घोषणा गरिएको हो । अग्रज प्राविधिकलाई सम्मान गर्दै घोषणा गरिएको उक्त कार्यक्रममा फिल्मको विषयवस्तु, कलाकारसँगै प्राविधिकको परिचय गराइयो । उडान स्टुडियोको लगानीमा निर्माण हुने फिल्मकी निर्माता शर्मिला थापा रहेकी छन् । फिल्मको निर्देशन राजीव गुरुङले गर्नेछन् ।
फिल्ममा कलाकारको रूपमा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ ।
कार्यक्रममा फिल्मकी निर्मात्री शर्मिला थापाले एउटा परिवारको कथालाई पर्दामा ल्याउन लागिएको जानकारी दिइन् । ‘हामीलाई अहिले परिवारसँग समय बिताउने पनि फुर्सद हुँदैन, छैन । तर, त्यही परिवार अपूर्ण हुँदा नभएको सदस्यको महत्त्व झल्किन्छ, महसुस हुन्छ’ थापाले भनिन् ।
अभिनेता त्रिपाठीले फिल्मको विषयले आकर्षित गरेर टिममा जोडिएको बताए । ‘यसको कथा बनिरहेका भन्दा फरक छ, एउटा अभिनेतालाई राम्रो कथाको लोभ लाग्छ नै, त्यसैले यसमा जोडिएको छु । यो फिल्मले फिल्मका रूपमा दिने मनोरञ्जनसँगै हामीलाई केही दिन्छ’, त्रिपाठीले भने ।
फिल्ममा पुराना प्राविधिकलाई नगद राशिसहित सम्मान गरिएको थियो । विसं २०४६ सालमा प्रदर्शन भएको फिल्म ‘अन्याय’ मार्फत भेसभुसामा काम गर्नुभएका प्राविधिक कमल मिश्रलाई नगदराशी ५१ हजारसहित दोसल्लाह ओढाएर फिल्मकी निर्मात्री थापा, निर्देशक गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त सम्मान गरे ।
फिल्ममा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण