शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओका लागि १६ जनाको आवेदन

शुक्रबार, २६ असार २०८३, १४ : १०
शुक्रबार, २६ असार २०८३

सारांश

  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १६ जना उम्मेदवारको नामावली प्रकाशित गरिएको छ।
  • सिफारिस समितिको निर्णयअनुसार गोरखापत्र दैनिक र मन्त्रालयको वेबसाइटमा दरखास्त आह्वान गरिएको थियो।
  • सर्टलिस्टमा परेका उम्मेदवारहरूले अब व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ।

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएका उम्मेदवारहरूको नामावली प्रकाशन गरेको छ। 

कम्पनीले२४ गते एक सूचना जारी गर्दै रीतपूर्वक दरखास्त पेस गरेका १६ जना उम्मेदवारको सूची प्रकाशन गरेको हो। सिफारिस समितिको मिति २०८३ जेठ २८ को निर्णयानुसार जेठ २९ गते गोरखापत्र दैनिक र मन्त्रालयको वेबसाइटमा सीईओ पदका लागि दरखास्त आह्वान गरिएको थियो। 

उक्त पदमा आवेदन दिन असार १८ गतेसम्मको म्याद तोकिएको थियो। सोही अवधिभित्र आवेदन दिएका उम्मेदवारहरूको दर्ता क्रमसंख्याका आधारमा नामावली प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।

सर्टलिस्टमा परेका यी उम्मेदवारहरूले अब व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ । कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तथा स्थान भने पछि अर्को सूचनामार्फत जानकारी गराइने कम्पनीले जनाएको छ।

khdya

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप