ऐन महरले संसद्मै लगाए ‘मुर्दावाद’ को नारा
सारांश
- नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राहदानी विभाग अगाडि आत्मदाह गर्ने गणेश नेपालीको मृत्युलाई राज्यले गरेको हत्याको संज्ञा दिँदै संसद्मै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
- सांसद महरले वर्तमान सरकार जनतालाई बचाउन भन्दा मार्न उद्यत रहेको, स्टन्टमा मात्र केन्द्रित भएको र नागरिकलाई जबर्जस्ती मृत्युको मुखमा धकेलेको आरोप लगाएका छन् ।
- महरले योगमाया न्यौपानेको जलसमाधिले राणा शासन ढलेको इतिहास स्मरण गराउँदै गणेश नेपालीको आत्मदाहले यो सरकारको पनि अन्त्य सुनिश्चित गर्ने दाबी गरेका छन् ।
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युलाई ‘राज्यले गरेको हत्या’ को संज्ञा दिएका छन् । प्रतिनिधिसभाको बैठकमा शुक्रबार महरले संसद्मै सरकारविरुद्ध नाराबाजीसमेत गरे । सांसद महरले वर्तमान सरकार जनतालाई बचाउन भन्दा मार्न उद्यत रहेको आरोप लगाए ।
गृहमन्त्री र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै महरले सरकार स्टन्टमा मात्र केन्द्रित भएको आरोप लगाए । ‘स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्छ । राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँमा पुर्याएको छ,’ महरले भने, ‘सुकुमबासी हुन् वा गणेश नेपाली, नागरिकहरूलाई जबर्जस्ती मृत्युको मुखमा धकेल्ने काम राज्यले गरिरहेको छ । यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ ।’
सांसद महरले निरंकुश राणा शासनको अन्त्यका लागि योगमाया न्यौपानेले जल समाधि लिएको इतिहास स्मरण गराउँदै गणेश नेपालीको आत्मदाहले यो सरकारको पनि अन्त्य सुनिश्चित गर्ने दाबी गरे ।
‘योगमाया न्यौपानेको जलसमाधिले राणा शासन ढल्यो भने गणेश नेपालीको आत्मदाहका कारण यो सरकारले पनि ठुलो मूल्य चुकाउनुपर्नेछ । यो हत्याको जिम्मेवार यो सरकार नै हो,’ महरले भने ।
आफ्नो सम्बोधनको अन्त्यमा सांसद महरले सरकार जनताको पक्षमा नभई जनता मार्ने खेलमा लागेको भन्दै आक्रोशित मुद्रामा नाराबाजी गरे । उनले ‘यो सरकार मुर्दावाद’ भन्दै आफ्नो भनाइ टुङ्ग्याए ।
सांसद महरले सरकारले १०० दिनको उपलब्धि गनिरहँदा गरिबका लागि स्वास्थ्य बिमा समेत कटौती गरेको भन्दै सरकारको नैतिकतामाथि प्रश्न उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण