क्रिकेट
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
शुक्रबार, २६ असार २०८३, १८ : ०४
सारांश
- नेपाल र भारत 'ए' बीच तीन खेलको टी-२० शृङ्खला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ।
- यो शृङ्खला सन् २०२६ को डिसेम्बर ९, ११ र १३ तारिखमा आयोजना हुनेछ।
- नेपाल क्रिकेट सङ्घ र भारतीय क्रिकेट कन्ट्रोल बोर्डबीचको बैठकले यो प्रतियोगिता गर्ने निर्णय गरेको हो।
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा नेपाल र भारत ‘ए’ बिच तीन खेलको टी–२० शृङ्खला हुने भएको छ। क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त प्रतियोगिता कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
यो शृङ्खला सन् २०२६ को डिसेम्बर ९, ११ र १३ तारिखमा आयोजना हुने तय भएको छ। स्कटल्यान्डमा सम्पन्न आईसीसी कन्फरेन्सका क्रममा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव देवजीत साइकियाबीच भएको बैठकले यो टी–२० शृङ्खला गर्ने निर्णय गरेको हो।
घोषित खेल तालिकाअनुसार नेपाल र भारत ‘ए’ बिचको पहिलो टी–२० खेल डिसेम्बर ९, २०२६ मा हुनेछ। यसैगरी, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो तथा अन्तिम खेल डिसेम्बर १३ मा सञ्चालन हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण