देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
सारांश
- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि छ।
- आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ र पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
- कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आज भारी वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ।
जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा र तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा र कोशी प्रदेशको पहाडी, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन र ओलीका समर्थकलाई कमेडियन प्रभात लामाको कटाक्ष- ‘एउटा झोले, अर्को झोले प्रो–म्याक्स’
-
गणेश नेपालीको निधनप्रति रास्वपा मुगुद्वारा निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग
-
विपद् सम्बन्धी गुनासो र सूचनाका लागि नयाँ टोल फ्री नम्बर ‘१२३४’ सञ्चालनमा, सिधै जिल्लामै फोन जाने
-
बालेन सरकारको काम-कारबाहीप्रति आंशिक रुपमा मात्र सन्तुष्ट छन् मधेसका जनता
-
अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण