गणेश नेपालीको निधनप्रति रास्वपा मुगुद्वारा निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरी निधन भएका गणेश नेपालीको घटनामा दुःख व्यक्त गरेको छ।
- पठाओमा काम गर्ने गणेश नेपालीलाई महानगर प्रहरीले ह्विल लक गर्दा उत्पन्न तनावले आत्मदाह गर्न बाध्य पारेको रास्वपाले जनाएको छ।
- रास्वपा मुगुले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति तथा न्यायको माग गरेको छ।
मुगु। काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा निधन भएका मुगु सोरु गाउँपालिका-१ का युवा गणेश नेपालीको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुले गहिरो दुःख व्यक्त गरेको छ।
काठमाडौँमा राइड सेयरिङ ‘पठाओ’ मार्फत परिवारको गुजारा चलाउँदै आएका एक श्रमजीवी युवाले महानगर प्रहरीको ‘ह्विल लक’ गर्ने क्रममा उत्पन्न तनावका कारण आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउनु अत्यन्तै विडम्बनापूर्ण र विचलित बनाउने विषय भएको रास्वपाले उल्लेख गरेको छ। यो घटनाले राज्य संयन्त्रको नागरिकप्रतिको संवेदनशीलता र आम श्रमजीवी नागरिकले भोग्नुपरेको चरम मानसिक तथा आर्थिक दबाबलाई छताछुल्ल पारेको विज्ञप्तिमा जनाइएको छ।
कुनै पनि नागरिकलाई आफ्नै शरीरमा आगो लगाउनेसम्मको आत्मघाती निर्णय लिन बाध्य पार्ने परिस्थितिको गम्भीर छानबिन हुन जरुरी रहेको रास्वपाको माग छ। रास्वपा मुगुका सभापति बिर्ख बहादुर मल्ल र सचिव रामु विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको पृष्ठभूमि र कारणहरूको निष्पक्ष एवं सत्य-तथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति तथा न्यायको ग्यारेन्टी गर्न राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय प्रशासन र नेपाल सरकारसँग जोडदार माग गर्दछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण