मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हत्याको प्रयास गरिए इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानले आफ्नो हत्याको प्रयास गरेमा त्यसतर्फ हजारौँ क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएका हुन्।
ट्रम्पले संयुक्त राज्य अमेरिकाका बहालवाला राष्ट्रपति, अर्थात् आफ्नाविरुद्ध विश्वका धेरै ठाउँमा इरानी सरकारले दिएको धम्की वा हत्याको प्रयास गरेमा इरानतर्फ एक हजार क्षेप्यास्त्रहरू तयारी अवस्थामा राखिएको बताएका छन्। उनले त्यसको लगत्तै थप हजारौँ क्षेप्यास्त्रहरू प्रहार गरिने पनि उल्लेख गरेका छन्। अमेरिकी सेना एक वर्षको अवधिका लागि तयार र सक्षम रहेको भन्दै उनले इरानका सबै क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिइसकेको दाबी गरेका छन्।
यसैबिच, इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले देशका सशस्त्र बलहरूले सत्रुको हरेक गतिविधिलाई निरन्तर निगरानी गरिरहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उनले इरानका तटीय क्षेत्र, टापु, सीमा र अन्य संवेदनशील स्थानहरूमा तैनाथ सशस्त्र बलका वीर रक्षकहरूले सतर्क आँखाका साथ शत्रुको चालचलनलाई निगरानी गरिरहेको स्पष्ट पारेका छन्। ती सेनाले आफ्ना कार्यहरू मार्फत इरानको सुरक्षा र शान्तिलाई सुरक्षित राख्ने दाबी पनि उनले गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
-
तथ्याङ्कले भन्छ – इंग्ल्याण्डको विश्वकप आस केन र बेलिङ्घममै निर्भर छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण