कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
सारांश
- शुक्रबार रातिदेखिको अविरल वर्षाले कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिने भएको छ ।
- बाढीले सेन्टर डुबानमा पारेपछि ६५ परिवारलाई सुरक्षित स्थानमा सार्न लागिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।
- यसअघि राहत रकम दिएर सेन्टर खाली गर्न सूचना जारी गरिए पनि हिचकिचाहट गर्दा नसारिएका सुकुमबासीलाई बाढीले विपद् सिर्जना गरेपछि खरीपाटी सारिएको हो ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको ‘राधास्वामी होल्डिङ सेन्टर’ डुबानमा परेपछि त्यहाँ राखिएका सुकुमबासीलाई भक्तपुरको खरीपाटी स्थानान्तरण गरिने भएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार सेन्टरमा बाढी पसेका कारण ६५ परिवारलाई सुरक्षित स्थानमा सार्न लागिएको हो ।
समितिका आयोजना निर्देशक महर्जनले कीर्तिपुरको सेन्टरमा बाढी पसेपछि प्रभावितहरूलाई सुरक्षित राख्न खरीपाटी लैजान लागिएको बताए ।
‘अहिले हाम्रो खरीपाटी होल्डिङ क्षेत्रमा ठाउँ खाली गराएका छौँ,’ आयोजना निर्देशक महर्जनले भने, ‘कीर्तिपुरका प्रभावितहरूलाई हामी उतै लैजान्छौँ होला र आवश्यक व्यवस्थापन मिलाउँछौँ ।’
समितिले यसअघि नै सुकुमबासीहरूलाई सुरक्षित स्थानमा सर्न र आफैँ कोठा खोज्नका लागि पहिलो चरणको राहत तथा पुनर्स्थापना स्वरूप प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउँदै होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेको थियो । तर उनीहरुले सेन्टर छोड्न हिचकिचाहट गर्दा सोही स्थानमै बसिरहेका थिए ।
_ggfm442kks.jpg)
आयोजना निर्देशक महर्जनले भने, ‘अस्तिदेखि नै हामीले सार्नुपर्यो भनिरहेका थियौँ । उहाँहरू सर्न अलिकति नमानिरहनुभएको हुनाले मात्र स्थानान्तरणमा केही अलमल भएको हो ।’
उनका अनुसार समितिले सुरुमा आफ्नो व्यवस्थापन आफैँ गर्न सक्नेहरूलाई घरभाडा खोजेर बस्न र असक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी तवरबाटै सुरक्षित ठाउँमा राख्ने योजना बनाएको थियो । तर, आकस्मिक रूपमा बाढी पसेर विपद्को स्थिति सिर्जना भएपछि अहिले प्रभावित सबैलाई खरीपाटीमा सार्न लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण