बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
सारांश
- ‘कमन जेन–जी नेपाल’ ले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) सरकारका गतिविधिहरू जनविरोधी र निरङ्कुश बन्दै गएको आरोप लगाउँदै तत्काल आफ्ना क्रियाकलाप नसच्याए देशव्यापी सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
- यातायात व्यवस्था र ट्राफिक प्रहरीको ज्यादतीका कारण भारी जरिवाना तिर्न नसक्दा र सवारी साधन खोसिएपछि मुगुका युवा गणेश नेपालीले गरेको आत्मदाहको घटनाप्रति कमन जेन–जी नेपालले गम्भीर दुःख व्यक्त गरेको छ ।
- विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले १०० दिन पार गरिसक्दा पनि जनताको पक्षमा कुनै ठोस कार्य गर्न नसकेको उल्लेख छ ।
काठमाडौँ । ‘कमन जेन–जी नेपाल’ ले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) सरकारका गतिविधिहरू जनविरोधी र निरङ्कुश बन्दै गएको आरोप लगाउँदै तत्काल आफ्ना क्रियाकलाप नसच्याए देशव्यापी सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
कमन जेन–जी नेपालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको १०० दिने कार्यकालको समीक्षा र हालै घटेका घटनाहरूमाथि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गणेश नेपालीको ‘आत्मदाह’ र गृहमन्त्रीको अभिव्यक्तिप्रति आक्रोश
यातायात व्यवस्था र ट्राफिक प्रहरीको ज्यादतीका कारण भारी जरिवाना तिर्न नसक्दा र सवारी साधन खोसिएपछि मुगुका युवा गणेश नेपालीले गरेको आत्मदाहको घटनाप्रति कमन जेन–जी नेपालले गम्भीर दुःख व्यक्त गरेको छ ।
यस विषयमा संसदमा गृहमन्त्रीले दिएको ‘स्थानीय सरकार दलहरूको अधिपत्यमा रहेको र यसमा सङ्घीय सरकारको कुनै दोष नरहेको’ भन्ने अभिव्यक्तिलाई कमन जेन–जी नेपालले गैरजिम्मेवारपूर्ण ठहर गरेको छ ।
कमन जेन–जी नेपालका अध्यक्ष विकेश साह, महासचिव रोनिश साह र इन्चार्ज कृष्णमोहन सहनीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा मुगुका मृतक युवा गणेश नेपालीलाई उचित सम्मान प्रदान गर्न, उनको परिवारको भरण पोषणको योजना घोषणा गर्न र घटनाका दोषीहरूमाथि कडा कारबाही गर्न माग गरिएको छ ।
सरकारले समयमै आफ्ना क्रियाकलाप सच्याएर नागरिकमैत्री शासन चलाउन आह्वान गर्दै यदि आफ्ना गतिविधि नसच्याए सरकारका विरुद्धमा सडक आन्दोलनका लागि तयार रहन सङ्गठनले आम जेन–जी युवा लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गरेको छ ।
काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख (हालका प्रधानमन्त्री) वालेन शाहकै पालादेखि महानगरमा प्रहरीको ज्यादती र उद्दण्डताको बीजारोपण भएको र अहिले त्यसैको अङ्कुरित रूप प्रकट भएको विज्ञप्तिमा दाबी गरिएको छ ।
सरकारको १०० दिन : आतङ्क र कुशासनको पराकाष्ठा
विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले १०० दिन पार गरिसक्दा पनि जनताको पक्षमा कुनै ठोस कार्य गर्न नसकेको उल्लेख छ । उल्टो सुकुम्बासीहरूमाथि डोजर आतङ्क मच्चाएर घरबारविहीन बनाउने, राज्य संयन्त्रको दुरुपयोग गरी सार्वजनिक निकायका निर्दोष पदाधिकारीहरूलाई बर्खास्त गर्ने र सरकारी कर्मचारीहरूलाई धम्क्याएर अनिच्छित कार्य गर्न बाध्य पार्ने काम भइरहेको कमन जेन–जी नेपालले आरोप लगाएको छ ।
त्यस्तै, बजेट तथा नीति कार्यक्रममा युवाहरूको रोजगारी र आयआर्जनका लागि कुनै ठोस कार्यक्रम नल्याइएको र सवारी चालकहरूका लागि १ लाख रुपैयाँसम्मको भारी जरिवाना तोकेर नागरिकको हिँडडुल गर्ने स्वतन्त्रतामाथि बन्देज लगाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीमाथि संसद्को अपहेलना गरेको आरोप
कमन जेन–जी नेपालले प्रधानमन्त्री वालेन स्वयंले ‘भारतको भूमि पनि नेपालले मिचेको छ’ भन्ने जस्ता राष्ट्रिय अखण्डता र सिमाना विपरीतका विवादित अभिव्यक्ति दिएको र यसबारे संसदमा जवाफ नदिई संसद्कै अपहेलना गरेको आरोप लगाएको छ । बहालवाला तथा सेवानिवृत्त पदाधिकारीहरूको सम्पत्ति विवरण बुझाउने र छानबिन गर्ने संवैधानिक अधिकारलाई निष्क्रिय बनाउने खेल भइरहेकोप्रति पनि सङ्गठनले आपत्ति जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण