शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस उपसभापति पुष्पा भुसाल कोरियामा

शनिबार, २७ असार २०८३, १६ : २७
शनिबार, २७ असार २०८३

सारांश

  • नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ अधिवेशनमा सहभागी हुन दक्षिण कोरिया आइपुगेकी छन्।
  • उनलाई इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र बहादुर क्षेत्री लगायतले स्वागत गरेका थिए।
  • उपसभापति भुसालले जुलाई १२ मा आयोजना हुने अधिवेशनमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने र नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

सोल । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ अधिवेशनमा सहभागी हुन शनिबार दक्षिण कोरिया आइपुगेकी छन्।

उनलाई इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र बहादुर क्षेत्री, उपसभापति लक्ष्मण दाहाल, पदाधिकारी, कार्यसमिति सदस्य तथा कोरियामा रहेका नेपाली समुदायका सदस्यहरूले स्वागत गरेका थिए। स्वागत कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका नेपाली कांग्रेसका शुभेच्छुक, जनसम्पर्क समितिका नेता–कार्यकर्ता तथा ठुलो सङ्ख्यामा नेपाली समुदायको सहभागिता रहेको थियो।

उपसभापति भुसालले जुलाई १२ मा सोलमा आयोजना हुने नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ अधिवेशनमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, कोरिया बसाइका क्रममा उनले यहाँ रहेका नेपाली समुदायसँग भेटघाट, साक्षात्कार तथा अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ।

सातौँ अधिवेशनमा संगठनको भावी नेतृत्व चयनसँगै समसामयिक विषयमा पनि व्यापक छलफल हुने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप