गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
सारांश
- गणेश नेपाली घटनापछि काठमाडौँका सडकमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको छ।
- नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका कारण उनीहरू सडक ड्युटीमा नखटिएको एक कर्मचारीले बताए।
- नगर प्रहरी नहुँदा काठमाडौँका विभिन्न स्थानमा फेरि अव्यवस्थित पार्किङ बढेको छ।
काठमाडौँ । केही दिनअघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर अव्यवस्थित पार्किङ नियन्त्रण गरिरहेका देखिन्थे। तर, आत्मदाहको प्रयास गरेका र पछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि भने सडकमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको देखिएको छ।

गणेश नेपालीको निधनपछि गृह मन्त्रालयले घटनाबारे छानबिन समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपुछ गरिरहेको छ । उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका कारण केही समयका लागि नियमित सडक ड्युटीमा नखटिएको एक नगर प्रहरी कर्मचारीले बताए।

उनका अनुसार, ‘ज्यानकै जोखिम हुनसक्ने अवस्था देखिएकाले अहिले हामी नियमित रूपमा सडकमा ड्युटी गरिरहेका छैनौँ।’
नगर प्रहरी सडकमा नदेखिएपछि काठमाडौँका विभिन्न स्थानमा अव्यवस्थित पार्किङ फेरि बढ्न थालेको छ। विशेष गरी राइड सेयरिङ चालकहरूले सडक किनारमै सवारी पार्किङ गर्ने, यात्रु कुरेर लामो समय रोक्ने तथा मोबाइल प्रयोग गर्दै सडक नै ओगट्ने गरेका दृश्यहरू देखिन थालेका छन्।

यसका कारण सवारी आवागमन प्रभावित हुनुका साथै सडकमा ट्राफिक जाम र अव्यवस्था बढेको स्थानीयले बताएका छन्। तस्बिर : नेपाल फोटो लाइब्रेरी










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण