फिफा विश्वकप २०२६
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
आइतबार, २८ असार २०८३, ०४ : ५७
सारांश
- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा इङ्गल्याण्डले नर्वेविरुद्ध अतिरिक्त समयमा २-१ को अग्रता बनाएको छ ।
- इङ्गल्याण्डका जुड बेलिङ्घमले अतिरिक्त समयको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
- खेलको ३६औँ मिनेटमा नर्वेका आन्द्रेयास सेल्डरपले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल अन्तर्गत अतिरिक्त समयको खेलमा इङ्गल्याण्डले नर्वेविरुद्ध २–१ को महत्त्वपूर्ण अग्रता बनाएको छ ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि सुरु भएको अतिरिक्त समयको तेस्रो मिनेटमै इङ्गल्याण्डका १० नम्बर जर्सीका स्टार मिडफिल्डर जुड बेलिङ्घमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
खेलको पहिलो हाफको इन्जुरी समयमा पनि टोलीका लागि पहिलो गोल फर्काएका बेलिङ्घमको यो यस खेलमा व्यक्तिगत दोस्रो गोल हो । यसअघि खेलको ३६औँ मिनेटमा नर्वेका आन्द्रेयास सेल्डरपले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । बेलिङ्घमको यस गोलसँगै इङ्गल्याण्ड अतिरिक्त समयमा २–१ ले अगाडि रहँदै जिततर्फ अघि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
विश्वकपमा ‘डार्क हर्स’ नर्वेको जादुमयी यात्रा समाप्त
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
-
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण