आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा

आइतबार, २८ असार २०८३, ०४ : ४६
आइतबार, २८ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा नर्वे र इङ्गल्याण्डबिचको निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको छ ।
  • खेलको ३६औँ मिनेटमा नर्वेका आन्द्रेयास सेल्डरपले गोल गरे पनि पहिलो हाफको अन्तिम मिनेटमा इङ्गल्याण्डका जुड बेलिङ्घमले बराबरी गोल फर्काए ।
  • दोस्रो हाफमा नर्वेको एक गोल भीएआरले फाउलका कारण रद्द गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ ।

काठमाडाैँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक क्वार्टरफाइनल अन्तर्गत नर्वे र इङ्गल्याण्डबिचको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको छ । निर्धारित नियमित समयमा स्पष्ट नतिजा आउन नसकेपछि अब खेलको विजेता चयन गर्न थप ३० मिनेटको अतिरिक्त समय खेलाइने भएको छ।

खेलको पहिलो हाफमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गर्दै १–१ को बराबरी खेलेका थिए । खेलको ३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोलमार्फत नर्वेले सुरुवाती अग्रता बनाए पनि पहिलो हाफकै थप गरिएको समयमा इङ्गल्याण्डका जुड बेलिङ्घमले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा दुवै टोलीले थप संयमित भएर खेलेका थिए । खेलको ५५औँ मिनेटमा नर्वेका तोर्ब्योर्न हेगेमले गोल गरे पनि ५७औँ मिनेटमा भिडियो असिस्टेन्ट रेफ्रीले फाउलका कारण उक्त गोललाई मान्यता दिएन । त्यसपछि खेलको बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन र निर्धारित ९० मिनेटको खेल बराबरीमै समाप्त भयो। अब खेलको नतिजाका लागि थप ३० मिनेटको अतिरिक्त समय खेलाइनेछ र त्यहाँ पनि बराबरी भएमा पेनाल्टी सुटआउटमार्फत सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लगाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप