आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने

आइतबार, २८ असार २०८३, ०८ : ०६
आइतबार, २८ असार २०८३

सारांश

  • १ साउनबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ ।
  • सेभेन सिस इन्टरनेसनल फिल्मसले ‘गौँथली’को अमेरिका राइट्स खरिद् गरेको छ ।
  • उपयुक्त समय मिलाएर फिल्म अमेरिकामा प्रदर्शन गर्ने सेभेन सिसले जनाएको छ ।

काठमाडौँ । १ साउनबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । सेभेन सिस इन्टरनेसनल फिल्मसले ‘गौँथली’को अमेरिका राइट्स खरिद् गरेको हो । 

‘गौँथली’का तर्फबाट निर्देशक कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्मसका तर्फबाट रोशन सुबेदीबिच खरिद बिक्रीको कागजी सम्झौता भएको छ । उपयुक्त समय मिलाएर फिल्म अमेरिकामा प्रदर्शन गर्ने सेभेन सिसले जनाएको छ ।

फिल्मको चर्चा बढेसँगै फिल्मको ओभरसिज बजारबाट इन्टरनेसनल अधिकारका लागि माग बढेको निर्देशक रिजालले बताए ।

दुई दशकअघि ‘गौँथली’ नाममा डा. भोला रिजालले फिल्म निर्माण गरेका थिए । उक्त फिल्मले ५१औँ दिन मनाउन सफल भएको थियो । त्यो नेपालमा बनेको  पहिलो म्युजिकल फिल्म मानिन्छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपाली लगायतको अभिनय छ । फिल्मको बालकलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली रहेका छन् ।

कार्यकारी निर्माता सरला रिजाल, निर्माताको सुमन गिरी र डा. कपिल रिजाल रहेको फिल्ममा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् । फिल्ममा हरि हुमागाईंको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप