सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
सारांश
- सुकुमबासीमाथि राज्यले दुर्व्यवहार र आतङ्क मच्चाएको आरोप लगाउँदै अखिल नेपाल युवक सङ्घले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
- प्रहरीको अमानवीय व्यवहारका कारण गणेश नेपाली आत्मदाहको प्रयास गर्न बाध्य भएको दाबी गर्दै सङ्घले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
- सुकुमबासीको उचित व्यवस्थापनको मागसहित काठमाडौँको माइतीघरमा लामो समयदेखि आन्दोलन हुँदै आएको छ ।
काठमाडौँ । सुकुमबासीमाथि राज्यले दुर्व्यवहार र आतङ्क मच्चाएको आरोप लगाउँदै अखिल नेपाल युवक सङ्घले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । सङ्घले आइतबार सरकार जनविरोधी नीतिमा अघि बढिरहेको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
सङ्घले प्रहरीको अमानवीय व्यवहारका कारण गणेश नेपाली आत्मदाहको प्रयास गर्न बाध्य भएको दाबी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न समेत माग गरेको छ । सङ्घका अध्यक्ष सुवास जिसीले सुकुमबासीमाथि भएको राज्यको व्यवहार र गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाइएको कारण आफूहरू प्रदर्शनमा उत्रिएको बताए ।
उनले भने, ‘ सुकुमबासीमाथि राज्यद्वारा दुर्व्यवहार गर्ने र आतङ्क गर्ने जुन भएको छ यसका विरुद्ध हामी आन्दोलनमा आएका छौँ । प्रहरीद्वारा जुन प्रकारको अमानवीय ढङ्गले व्यवहार गरियो र त्यसको कारणले गणेश नेपालीले आत्मदाह गर्ने स्थिति सिर्जना भयो । यो दुई वटा विषयहरूलाई लिएर चाहिँ हामी आन्दोलनमा आएका हौँ ।’
सुकुमबासीको उचित व्यवस्थापनको मागसहित काठमाडौँको माइतीघरमा लामो समयदेखि आन्दोलन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवारको खुसी खोज्दै दुबई गएका भक्तबहादुर २० दिन नबित्दै बाकसमा फर्किए
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण