बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
काठमाडाैँ । भारी मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोले बङ्गलादेशमा गत एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको छ । अधिकारीहरूले एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको र बाढी, पहिरो र डुवानका कारण दशौँ हजार मानिस घरबारविहीन भएका छन् ।
नदीहरूले भरिएको निम्न क्षेत्र भएको बङ्गलादेश मनसुनी मौसममा बाढी र पहिरोको जोखिममा रहन्छ। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले अत्यधिक मौसमी घटनाहरूको सङ्ख्या र तीव्रता बढाएको छ।
पछिल्ला केही दिनदेखि सेना र सीमा रक्षकहरूले देशको दक्षिण–पूर्वी जिल्लाहरूमा बाढीले कटान गरेको क्षेत्रमा डुङ्गामा खाना, पिउने पानी र अन्य आवश्यक सामग्री पु¥याइरहेका छन् ।
चट्टोग्राम जिल्लामा सबैभन्दा बढी क्षति
चट्टोग्रामका डिभिजनल कमिसनर मोहम्मद जियाउद्दिनले एएफपीसँग फोनमा बताएअनुसार गत एक सातामा यो जिल्लामा मात्र ५० जनाको मृत्यु भएको छ, जसमध्ये २९ जना पहिरोमा पुरिएर मरेका हुन्।
उनले भने, “अझै केही बेपत्ता छन्।” उनका अनुसार करिब ३५ मानिस सरकारी आश्रय केन्द्रहरूमा बस्न बाध्य भएका छन् ।
गत साता कोक्स बजारको रोहिङ्ग्या शरणार्थी शिविरमा भारी वर्षाले पहिरो गएर १५ जनाको मृत्यु भएको थियो। उक्त घटनामा रूख कटान गरी पहाडी क्षेत्रमा बस्दै आएका १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीका लागि भारी मनसुनी बर्षाले जोखिम बढाएको छ ।
बाढी पूर्वानुमान केन्द्रका सरदार उदय रायहानले आइतबार बताएअनुसार दक्षिण–पूर्वी जिल्लाहरूको स्थिति छिट्टै सुधारिने सम्भावना छ, तर मनसुन उत्तर–पूर्वी र उत्तरी भागमा सक्रिय छ । त्यहाँ थप बाढीको सम्भावना रहेको छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण