आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना

आइतबार, २८ असार २०८३, २१ : ०५
आइतबार, २८ असार २०८३

काठमाडाैँ। क्युबामा एक साताभित्र दोस्रो पटक भएको देशव्यापी बिजुली कटौती आइतबार राष्ट्रिय विद्युत प्रणाली पुनर्स्थापना गरिएपछि पुनः सञ्चालनमा आएको राष्ट्रिय विद्युत कम्पनीले जनाएको छ ।

राष्ट्रिय विद्युत प्राधिकरणले एक्समा जारी एक विज्ञप्तिमा लेखिएको छ, “आज बिहान ६ः३० बजे देखि देशभरको राष्ट्रिय विद्युत प्रणाली पुनः जोडिएको छ।”

देशको विद्युत् आपूर्तिमा समस्या आएपछि २४ घण्टाभन्दा बढी समय लगाएर प्रणाली पुनः सुरु गर्नुपरेको थियो । इन्धनको अभावले यो प्रक्रिया ढिलो र जटिल बनेको थियो । शनिबार रातिदेखि आइतबार बिहानसम्म इन्जिनियरहरूले कामलाई तीव्रता दिएका थिए ।

करिब १७ लाख जनसङ्ख्या भएको शहर हवानामा ६५ प्रतिशतभन्दा बढी घरपरिवारमा शनिबार रातिदेखि नै बिजुली पुनर्स्थापना गरिएको थियो ।

यो ६ महिनाभित्र चौथो देशव्यापीरूपमा भएको विद्युत् अवरोध हो । सन् २०२४ को अन्त्ययता यो नवौँ पटक भएको छ । क्युबामा कुल ९६ लाख जनसङ्ख्या छ ।

क्युबा दशकौँदेखिको सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा इन्धनमा लगाएको नाकाबन्दीले यो सङ्कटलाई थप गम्भीर बनाएको छ । यो नाकाबन्दी ६ दशक लामो कम्युनिस्ट शासन अन्त्य गर्न दबाब दिने अभियानको एक भाग हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप