जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
सोमबार, २९ असार २०८३, ०७ : ५५
सारांश
- जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. २ राङ्सीमा पहिरो खस्दा ६७ वर्षीया जयशिला शाहको मृत्यु भएको छ।
- भूकम्पपछिको पुनर्निर्माणका लागि निर्माण गरिएको अस्थायी टहरामाथि ढिस्को खस्दा उनी घटनास्थलमै मृत्यु भएको हो।
- पहिरोमा परी मृतककी छोरी र नातिनी घाइते भएका थिए, जसलाई स्थानीय बासिन्दाले उद्धार गरेका छन्।
जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. २ राङ्सीमा अविरल वर्षाका कारण पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। राङ्सीस्थित एक अस्थायी टहरामाथि ढिस्को खसेर पुरिँदा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको हो।
भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट उक्त टिनको अस्थायी टहरा निर्माण गरिएको थियो। पहिरोमा परी मृतककी छोरी ४० वर्षीया मेनुका शाह थापा र नातिनी ७ वर्षीया टिका थापा घाइते भएका थिए। उनीहरूलाई स्थानीय बासिन्दाले उद्धार गरेका छन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पाँचकटियाबाट प्रहरी सहायक निरीक्षक प्रेम केसीको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले घटनास्थल पुगेर क्षेत्रलाई सुरक्षित राख्ने काम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सजाय निर्धारणका लागि आज पेसी
-
गौरवका आयोजनाहरूको लागत वृद्धि प्रति सांसद जगदीश खरेलको आपत्ति
-
‘अपर तामाकोशीको लागत कसरी बढ्यो, छानबिन समिति गठन गरौं’
-
उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
-
विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण