बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बुधबार, ३१ असार २०८३, ०७ : ४४
बुधबार, ३१ असार २०८३

सारांश

  • देशभर भइरहेको अविरल वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै सडक खण्डहरू बाढी र पहिरोले प्रभावित भई अवरुद्ध भएका छन्।
  • मेची राजमार्ग र सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही राजमार्गहरू बाढी तथा पहिरोले एकतर्फी सञ्चालनमा छन्।
  • बागमती प्रदेशमा कान्ति लोकपथ र अरनिको राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएका छन् भने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमले सवारी रोेक लगाइएको छ।

काठमाडौँ । देशभर जारी अविरल वर्षाका कारण विभिन्न मुख्य राजमार्गहरू बाढी र पहिरोले प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।

कोशी प्रदेशको मेची राजमार्ग (इलाम, राजदुवाली खण्ड) र सिद्धिचरण लोकमार्ग (उदयपुर, कटारी खण्ड) पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। मेची राजमार्गमा भने वैकल्पिक बाटो प्रयोग गर्न सकिने जानकारी दिइएको छ। यस्तै, भोजपुरको मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा छ।

बागमती प्रदेशमा बाढी र पहिरोको प्रभाव बढी देखिएको छ। कान्ति लोकपथका दुई स्थान (मकवानपुरको भीमफेदी र हेटौँडा–ठिङ्गन खण्ड) मा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकमा अरनिको राजमार्ग (भोटेकोशी–कोदारी) पनि पहिरोका कारण पूर्ण अवरुद्ध छ। यस्तै, सम्भावित बाढीको जोखिमका कारण बीपी राजमार्ग (काभ्रे खण्ड)मा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, गुल्मीको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो गएकाले सडक एकतर्फी मात्र सुचारु रहेको छ।

गण्डकी प्रदेशको कास्की (नयाँपुल–घान्द्रुक सडक) र बागलुङको मध्य पहाडी लोकमार्गमा पहिरो गएका कारण सवारी साधनहरू एकतर्फी रूपमा मात्र चल्न सकेका छन्। कर्णाली प्रदेशको जाजरकोट(डोल्पा सडक खण्ड पनि पहिरोले गर्दा एकतर्फी मात्र सुचारु छ।

747777978_1064990632737263_1803811237367259225_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप