ललितपुरमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
बुधबार, ३१ असार २०८३, १० : ५७
सारांश
- ललितपुरको धोविघाटमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ ।
- सानेपाबाट नख्खुतर्फ जाँदै गरेको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकमा ठोक्किएको थियो ।
- दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ भने पछाडि सवारको अवस्था गम्भीर छ ।
काठमाडौँ । ललितपुरको धोविघाटमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति ८ बजेतिर सानेपाबाट नख्खुतर्फ जाँदै गरेको बा.७५ प ८७० नम्बरको मोटरसाइकल सडकमा रोकेर राखेको बागमती प्रदेश ०३–००१ ख २०१५ नम्बरको ट्रकमा ठोक्किएको हो ।
दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धादिङको धुनिवेशी बस्ने २० वर्षीय रितेश श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । दुर्घटनामा गम्भीर घाइते भएपछि उनलाई मेडिसिटी अस्पतालमा पठाइएको थियो ।
ट्रक चालक सिन्धुलीको दुधौली–७ घर भएका २६ वर्षीय दीपेन्द्र कार्कीलाई प्रहरी प्रभाग सानेपाले पक्राउ गरेको छ । मोटरसाइकल पछाडि सवार धादिङको सात घुम्ती घर भएका २० वर्षीय समीर भुजेलको उपचार भइएको छ । उनको अवस्था पनि गम्भीर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण