प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
सारांश
- उपाध्यक्ष रामबहादुर थापा 'बादल' नेतृत्वको कार्यदलले निर्वाचन समीक्षा र पार्टी सुदृढिकरण सम्बन्धी सुझाव सङ्कलन गरे पनि प्रतिवेदन लेखनमा ढिलाइ गरेको छ ।
- कार्यदलले असार २५ गते संयोजक थापा र महासचिव पोखरेललाई प्रतिवेदन लेख्ने जिम्मा दिएको थियो, तर बुधबारसम्म काम आधा मात्र सकिएको छ ।
- पार्टीमा नेतृत्व परिवर्तन गर्नुपर्ने मत धेरै आए पनि अध्यक्ष ओली र संयोजक थापा नेतृत्व परिवर्तनको विपक्षमा छन्, जसले प्रतिवेदनको निष्कर्षमा चासो बढाएको छ ।
काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी सुदृढिकरण सम्बन्धी सुझाव सङ्कलन गरेको उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले प्रतिवेदन लेखनमा ढिलाइ गरेको छ ।
गत जेठ ३० गतेबाट सुझाव सङ्कलन थालेको उक्त कार्यदलले असार २३ गते सुझाव सङ्कलन सकेको थियो । सुझाव सङ्कलन सकेर असार २५ गते कार्यदलको बैठक बसी कार्यदल संयोजक थापा र महासचिव शङ्कर पोखरेललाई प्रतिवेदन लेखको जिम्मा दिएको थियो । थापा र पोखरेलले असार महिनाभित्र प्रतिवेदन तयार पार्ने भनिए पनि बुधबारसम्म प्रतिवेदन लेखनको काम आधा मात्र सकिएको स्रोतको भनाई छ ।
‘यही महिनाभित्र प्रतिवेदन तयार पारेर अर्को बैठक बस्ने भनिएको हो तर अहिलेसम्म प्रतिवेदन लेखनको काम नै आधा मात्र सकिएको भन्ने आएको छ’, एक कार्यदल सदस्यले भने, ‘असार पहिलो साता मात्र प्रतिवेदन तयार होला जस्तो देखिन्छ ।’
एमालेले देशभर सङ्कलन गरेको सुझावमा अहिलेकै नेतृत्वबाट पार्टी चल्न नसक्ने भन्दै नेतृत्व परिवर्तन गर्नुपर्ने मत धेरै आएको बताइएको छ । तर, अध्यक्ष केपी शर्मा ओली कार्यदल संयोजक थापासहितका नेताहरू अहिले नेतृत्व परिवर्तनको कुरा प्रतिवेदनमा राख्न नहुने पक्षमा छन् । ओली र थापा नेतृत्व परिवर्तनको विपक्षमा रहे पनि कार्यदलका बहुमत सदस्य पार्टी पुनर्गठन अनिवार्य भएको निष्कर्षमा पुगेका छन् । यसले गर्दा पनि प्रतिवेदनको निष्कर्ष के आउँछ भन्नेमा एमाले वृत्तमा चासो बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण