बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति

बुधबार, ३१ असार २०८३, १२ : २७
बुधबार, ३१ असार २०८३

ताप्लेजुङ  । फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विगत चार वर्षदेखि पालिकाले उच्च शिक्षा हासिल गर्ने कक्षा ११ र १२ तथा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको हो ।

यसवर्ष भने १३५ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए । पालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा रु १९ लाख ६१ हजार ४०० बजेट छात्रवृत्तिका लागि विनियोजन गरेको थियो ।

अध्यक्ष लिम्बूले भने, ‘विभिन्न कारणले पढाइ स्थगित गरेका विद्यार्थी समेतले पढाइलाई पुनर्जीवित गर्न छात्रवृत्ति उपयोगी बनेको छ । ’  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप