इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
सारांश
- नेपाल चिकित्सक सङ्घले एमबीबीएस तथा बिडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
- सङ्घले इन्टर्न चिकित्सकहरूलाई प्रदान गरिने भत्तामा एकरूपता नहुनु र वैज्ञानिक ढङ्गले वितरण नगरिनु अन्याय भएको ठहर गरेको छ ।
- सङ्घले इन्टर्न चिकित्सकहरूको जायज मागहरू अविलम्ब सम्बोधन गर्न र स्टाइपेन्डमा एकरूपता कायम गर्न सरकारसँग जोडदार माग गरेको छ ।
काठमाडौँ । हाल नेपालभरका विभिन्न मेडिकल कलेजहरूमा एमबीबीएस तथा बिडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले विभिन्न माग राखी गरिएको आन्दोलनप्रति नेपाल चिकित्सक सङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।
सङ्घले आज बुधवार विज्ञप्ति जारी गर्दै अत्यधिक तनावका बाबजुद अहोरात्र सेवामा खटिनुपर्ने अवस्थामा रहेका इन्टर्न चिकित्सकहरूलाई प्रदान गरिने भत्तामा एकरूपता नहुनु र वैज्ञानिक ढङ्गले भत्ता वितरण नगरिनु उनीहरूमाथि सरासर अन्याय भएको ठहर गरेको छ ।
इन्टर्न चिकित्सकहरूको भत्तामा एकरूपता कायम गर्ने विषयमा नेपाल सरकारले कार्यदल गठन गरी प्रतिवेदन समेत तयार गरिसकेको भए तापनि हालसम्म त्यसको औपचारिक निर्णय तथा कार्यान्वयन हुन नसक्नु दुखद रहेको सङ्घको भनाइ छ ।
चिकित्सक सङ्घका अध्यक्ष डा.बद्री रिजाल र महासचिव डा.विश्वराज दवाडीले संयुक्त रूपमा जारी विज्ञप्तिमा इन्टर्न चिकित्सकहरूद्वारा अगाडि सारिएका जायज मागहरू अविलम्ब सम्बोधन गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
सङ्घले चिकित्सकहरूको स्टाइपेन्डमा देशभरि नै एकरूपता कायम गर्नुपर्ने आवश्यकता औँल्याएको छ । साथै, यस विषयमा अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा ल्याउन समेत सङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण