बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु

बुधबार, ३१ असार २०८३, १३ : ४२
बुधबार, ३१ असार २०८३

सारांश

  • प्रतिपक्षी दलकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुमबासी बस्तीमा डोजर चलाउँदा ९ जना नागरिकले ज्यान गुमाउनुपरेको बताएकी छन् ।
  • उनले राज्यको गलत नीतिका कारण १८ वर्षका रविन तामाङदेखि १८ महिनाका उज्ज्वल तामाङसम्मले ज्यान गुमाएको जानकारी दिइन् ।
  • सांसद गुरुङले यी मृत्युहरूलाई राज्य संयन्त्रबाट भएको संस्थागत हत्याको रूपमा चित्रण गरिन् ।

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुमबासी बस्तीमा डोजर चलाउँदा ९ जना नागरिकले ज्यान गुमाउनुपरेको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गुरुङले सरकारको अव्यवहारिक नीतिका कारण विकराल परिस्थिति सिर्जना भएको र सुकुमबासीहरू थप सङ्कटमा परेको बताइन् । 

उनले राज्यको गलत नीतिका कारण ज्यान गुमाउनेहरूमा १८ वर्षका रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाकी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापामगर, ७५ वर्षीया रटनदेवी मलाहानी र १८ महिनाका नाबालक उज्ज्वल तामाङ रहेको जानकारी उनले दिइन् ।  

सांसद गुरुङले यी मृत्युहरूलाई सामान्य रूपमा लिन नसकिने भन्दै यसलाई राज्य संयन्त्रबाट भएको संस्थागत हत्याको रूपमा चित्रण गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप