बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द

अब विश्वविद्यालय अनुदान आयोगले जिम्मेवारी सम्हाल्ने
बिहीबार, ३२ असार २०८३, १० : ४६
बिहीबार, ३२ असार २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ।
  • नयाँ कानुनी व्यवस्था अनुसार अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई सुम्पिएको छ।
  • त्रिवि पाठ्यक्रम विकास केन्द्रले २०८३ साल साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिन बन्द गरिसकेको छ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले विगत लामो समयदेखि गर्दै आएको उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ । केन्द्रले एक आधिकारिक सूचना प्रकाशित गर्दै ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ मा संशोधन भएसँगै यो निर्णय गरिएको जनाएको हो । 

नयाँ कानुनी व्यवस्थाअनुसार अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई सुम्पिएको छ । ​यस नयाँ व्यवस्था कार्यान्वयनमा आएसँगै त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले मिति २०८३ साल साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिन बन्द गरिसकेको छ। 

२०८३ साल असार ३२ गते प्रकाशित सूचना अनुसार साउन १ गतेभन्दा पछि समकक्षता निर्धारणका लागि आवेदन दिन चाहने विद्यार्थी तथा सरोकारवालाहरूले अब विश्वविद्यालय अनुदान आयोगमा सम्पर्क गर्नुपर्नेछ ।

747777973_27659070770427732_6604603067339660761_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप