अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
सारांश
- लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अन्तर्वार्ता सकिएको १९ दिनसम्म पनि रोकिएको छ ।
- अन्य आठ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया भने गत असार १९ गते नै सम्पन्न भइसकेको छ ।
- शिक्षा मन्त्री संयोजक रहेको सिफारिस समितिले ११ जनाको आवेदनबाट ७ जना सर्ट लिस्टमा पारी अन्तर्वार्ता लिएको थियो ।
काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ । गत असार १३ गते सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतीकरण सकिए पनि १९ दिन बितिसक्दा पनि नियुक्ति अझै रोकिएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयसहित आठ वटा विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियासँगै भएको थियो । अन्य विश्वविद्यालयको नियुक्ति गत असार १९ गते भइसकेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका एक अधिकारीले रातोपाटीसँग भने- ‘अन्तर्वार्ता र प्रस्तुतीकरण सकिएको छ । नम्बर पोको पारेर लाहछाप लगाएर बुझाइसकेका छौँ । हाम्रो तर्फबाट सबै प्रक्रिया टुङ्ग्याएका छौँ । थप निर्णय समितिले गर्ला । अनि बल्ल कुलपतिले उपकुलपति नियुक्ति गर्नुहुन्छ ।’
बौद्ध विश्वविद्यालयको उपकुलपतिका लागि ११ जनाले आवेदन दिएका थिए । जसमध्ये ७ जना सर्ट लिस्टमा परेका छन् । अल्पसूचीमा परेकाहरूमा चन्द्रकला घिमिरे, तिलकराम आचार्य, दीपकप्रसाद आचार्य, फणीन्द्रकुमार न्यौपाने, यशोधरा भेटुवाल, शारदा पौडेल र सुरेन्द्रमान बज्राचार्य रहेका छन् ।
शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले १३ गते सर्ट लिस्टमा परेका उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता समेत लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण